उर्जा–अर्थ

0
9

गत कात्तिक महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकमात्र उर्जा क्षेत्रको प्रतिनिधित्व गर्ने हाइड्रोपावरको परिसूचक १३.४४ अंकले बढेको छ । दोस्रो बजारमा महिनाको पहिलो दिन कात्तिक १ गते बुधबार १,८५९.७३ विन्दुमा खुलेको हाइड्रोपावर उपसमूह महिनाको अन्तिम दिन कात्तिक ३० गते बिहीबार १,८७३.१७ विन्दुमा पुगेर बन्द भएको थियो ।

गत महिनामा कात्तिक ५ गतेसम्म १,८५९.७३ बाट क्रमशः बढेर १,८८४.९२ मा पुगेको हाइड्रोपावर उपसमूहको परिसूचक त्यसपछि लगातार घट्दै सोही महिनाको २२ गतेका दिन १,७७४.५२ मा पुगेर बन्द भएको थियो । तर त्यसपछिका दिनमा फेरि बढ्दै महिनाको २८ गते यस अवधिको उच्चतम १,९४३.४० विन्दुमा पुग्दै पुनः १,८७३.१७ विन्दुमा ओर्लेर हाइड्रोपावरको परिसूचक बन्द भएको थियो ।

यस अवधिमा नेप्से परिसूचक भने ७०.१२ अंकले घटेर १,४८९.०६ विन्दुमा पुगेर बन्द भएको थियो । नेप्से घटेस“गै शेयर बजारको पू“जीकरणमा रु ८१ अर्ब १२ करोडले ह्रास आई बजारका कुल लगानीकर्ताले सोही बराबरको रकम गुमाउन पुगेका छन् । महिनाको अन्तिम दिनमा बजार पू“जीकरण रु १७ खर्ब २८ अर्बमा पुगेको छ । कुल बजारको पू“जीकरणमा हाइड्रेपावर उपसमूहको अंश रु ८० अर्ब २४ करोड अर्थात ४.६ प्रतिशत रहेको छ ।

पछिल्ला दिनहरुमा जलविद्युत आयोजनाको निर्माण क्रम बढेस“गै यस्ता आयोजनाको शेयरमा लगानी गर्न उत्सुक लगानीकर्ताको जमात पनि बढ्दो छ । स्टक ब्रोकर अन्जन राज पौडेलका अनुसार हाइड्रेपावर कम्पनीहरुले पछिल्ला दिनहरुमा शेयर होल्डरहरुलाई राम्रो प्रतिफल दिन थाले पछि लगानीकर्ताको आकर्षण यस्ता कम्पनीको शेयरप्रति बढ्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here