नमूना पम्प सञ्चालन गर्न लगानीकर्ता अनिच्छुक

0
19

सर्वसाधारणलाई सुविधा दिन सरकारले २०७३, पुष १८ गते नमूना पम्पका सूचना प्रकाशित ग¥यो । सूचना अनुसार पम्प परिसर भित्रै पार्किङ, आराम गृह, महिला र पुरुषसँगै अपा·मैत्री शौचालय, नुहाउने र आराम गर्ने स्थान, एटिएम मेसिन अनिवार्य हुनुपर्ने उल्लेख थियो ।

सवारीसाधन मर्मत, सुरक्षा गार्डसमेतका सुविधा उपलब्ध हुनुपर्ने, पम्प २४ घण्टा सन्चालन हुनुपर्ने शर्त सहितको सूचना प्रकाशित गरेको थियो । उक्त प्रकारको पम्प सन्चालन गर्ने योजना बनाएपनि व्यवसायीले लगानी गर्न इच्छा देखाएका छैनन् ।

निगमले सुरुमा तीन महिनाको लागि सूचना प्रकाशन गरेको थियो । लगानीकर्ताहरुले चासो नदिएपनि बैशाखमा पुनःआवेदनका लागि सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित गरेपछि करिब ६६ वटाको आवेदन परेको थियो । तर, हालसम्म २१ वटाले मात्रै सञ्चालन स्वीकृति पाएका छन् ।

‘पूर्वाधार र लगानी धेरै गर्नुपर्ने हुँदा व्यवसायीले त्यति इच्छा देखाएका छैनन्,’ निगमका एक उच्च अधिकारीले भने, ‘जसले गर्दा पुनःसूचना प्रकाशित गरेका छौँ ।’ निगम प्रबक्ता एवम बिक्री वितरण विभाग निर्देशक बिरेन्द्र गोइतका अनुसार निगमले जग्गा निरीक्षण गरेर २१ वटालाई स्वीकृति दिएको हो । बिनियमावलीमा समयसीमा नतोकेकाले निवेदन आउने क्रम जारी रहेको उनले बताए । समयसीमा तोकेको भए सजिलो हुन्थ्यो ।

निगमका अनुसार नमूना पम्प सन्चालनका लागि तराई र पहाडका लागि छुट्टा÷छुट्टै पूर्वाधार चाहिन्छ । तराई र भित्री मदेशमा नमूना पम्प सञ्चालन गर्न एक बिगाहा जग्गा अनिवार्य चाहिन्छ । पहाड र उपत्यकाको हकमा ५ रोपनी चाहिने निगमले जनाएको छ । जग्गा निरीक्षणको क्रममा मापदण्ड अनुसार नभए निवेदन खारेज हुन्छ । पेट्रोलियम डिलर्स एशोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानले हेर्दा राम्रो भएपनि चलाउन नसक्ने बताए । ‘आर्थिक हिसावले व्यवस्थापन गर्न सकिदैँन । व्यवसायीले चलाउन सक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्रतिफल आउन अप्ठ्यारो छ ।’ नमूना पम्प गाउँतिर अर्थ नभएको उनले दाबी गरे ।

प्रवक्ता गोइतका अनुसार सबैभन्दा बढी मध्यमाञ्चलबाट निवेदन परेको थियो । मध्यमाञ्चलबाट ३६ वटा, पश्चिमाञ्चल १६, पूर्वाञ्चलबाट १२ निवेदन परेको छ । यस्तै, मध्यपश्चिम र सुदूरपश्चिमबाट १÷१ निवेदन परेको जनाएको छ । उक्त निवेदन मध्ये पश्चिमान्चललाई १० वटा स्वीकृत भएको छ । पूर्वाञ्चलका लागि ६ वटा दिइएको छ । मध्यमान्चलका लागि ५ वटा स्वीकृति दिएको जनाएको छ । यस्तै, मध्यपश्चिमाञ्चलका लागि एउटा स्वीकृति दिएको जनाएको छ । स्वीकृति पाएको पम्पले एक बर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

निगमका अनुसार नमूना पम्पमा पेट्रोल र डिजेलगरी न्यूनतम ८ नोजल हुनुपर्छ । निगमका अनुसार नमूना पम्प सकभर सहरी क्षेत्रभन्दा केही टाढाका स्थानमा सन्चालन गरिने छ । सहरी क्षेत्रमा भएका पम्पमा ठूला बस र ट्रक इन्धन भर्न लाइनमा बस्दा अन्य सवारी साधनलाई समस्या पर्छ । ट्राफिक जाम समेत भएकाले ती समस्या हटाउन केही टाढा पम्प सन्चालन गर्ने दिइने निगमको योजना छ ।

निगमका अनुसार उपत्यकाबाट बाहिरिने र भित्रने नाकामा यस्ता पम्प सन्चालन गर्न प्राथमिकतामा राखिएको छ । यसअघि आपूर्ति मन्त्रालय र निगमले पहिलो चरणमा सुरक्षा निकाय (सेना, प्रहरी र सशस्त्र) का कल्याणकारी संस्था र साझालाई १५ वटा पम्प खोल्ने दिने सहमति जनाएको थियो । सेनाले ५ वटा, साझाले ४, सशस्त्रले २, प्रहरीले २, साल्ट ट्रेडिङले २ वटा पम्प थप्ने सहमति भएको थियो । तर, प्रहरी र सशस्त्रले चासो नदिएपछि निजीलाई पनि दिने सहमति भएको मन्त्रालय स्रोतले बतायो ।

‘सेना, प्रहरी, निगम र मन्त्रालयको अधिकारी बीच भएको छलफलमा नमूना पम्प सन्चालन गर्ने सहमति जनाएपनि पछि चासो दिइएन, मन्त्रालयका ती अधिकारीले भने, ‘चासो नदिएपछि निजीलाई पनि खुल्ला गरेका छौ ।’ बेला बेलामा हुने अभावकै मौका छोपी व्यवसायीले कम परिमाणमा पेट्रोल÷डिजेल दिने र पेट्रोलमा मिसावट गरेर बिक्री गर्दै आएका छन् । कल्याणकारी संस्थाले सन्चालन गर्दा यी समस्याबाट केही छुटकारा पाइने सरकारको विश्वास थियो । निगमका अनुसार हाल सेना, प्रहरी, सशस्त्र, साझा र नेसनल टे«डिङ गरी सरकारी स्वामित्वका ८ वटा पम्प सन्चालनमा छन् । उपत्यका बाहिर चितवन, पथलैया, पोखरा र दाङमा पनि सरकारले सन्चालन गर्दै आएको छ । व्यवसायीले चासो नदिएपछि पम्प सन्चालनमा भारतीय आयल निगम (आइओसी) ले पनि इच्छा देखाउँदै आएको छ । तर, स्वदेशी व्यवसायीले पम्पमा भारतीय लगानीको बिरोध गर्दे आएका छन् । इन्धनको माध्यमबाट हस्तक्षेप गरी निजी व्यवसायी समाप्त पार्ने खेल भएको उनीहरुको आरोप छ । ‘पम्पमा आइओसीको लगानी भित्राउनु भनेकै निजी व्यवसायीलाई समाप्त पार्ने खेल हो,’ पेट्रोलियम डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष सरोज पाण्डेले भने, ‘आइओसीको तेलको माध्यमबाट आन्तरिक हस्तक्षेप हो ।’

आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाच वर्षे इन्धन नबीकरण सम्झैताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न आएका थिए । आयल निगमका अनुसार आइओसीका बाणिज्य महाप्रबन्धक एसएस बोसको नेतृत्वमा ५ सदस्य टोली नेपाल आएको थियो । त्यससक्रममा आइओसी र निगमका अधिकारी बीच भएको छलफलमा आइओसीका अधिकारीहरुले कम्तीमा ५० पम्प खोल्न प्रस्ताव राखेको निगमका अधिकारीहरु बताउछन् । ‘आइओसीले संयुक्त लगाानीमा कम्तीमा ५० पम्प खोल्ने प्रस्ताव गरेको थियो ,’ निगमका एक अधिकारीले भने, ‘तर,लगानीको बिरोध भएको छ ।’

निगमको ५१ प्रतिशत र आइओसीको ४९ प्रतिशत लगानीमा सन्चालन गर्ने छलफल भएको थियो । बजार गुम्ने डरले नेपाली व्यवसायीहरु विरोध गर्दे आएका हुन् । पम्प निर्माणका क्रममा आइओसीको प्राविधिक सहयोग भने मान्य हुने व्यवसायीको भनाई छ ।

आइओसीको लगानी बिरोध गरेपनि स्वदेशी व्यवसायीले आफै सन्चालन गर्न इच्छा देखाएका छैनन् । ‘पम्प ठूलो हुँदैमा सुरक्षित हँुदैन । मुख्यतः आपूर्ति र सेवामा नै भरपर्छ,’ अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘अहिले भएको पम्प व्यवस्थापन गर्न जरुरी छ ।’ उनले हाल सन्चालनमा रहेका पम्पलाई भौतिक सरक्षणगरी लगानी बढाउनु पर्ने बताए । हालको सन्दर्भमा नमूना पम्प आवश्यक नभएको उनले बताए ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार मुलुकभरि करिब १२ सय पेट्रोल÷डिजेल पम्प सन्चालनमा छन् । तीमध्ये वाग्मतीमा १ सय ७२ र उपत्यकामा मात्रै १ सय १७ पेट्रोल÷डिजेल पम्प सन्चालनमा छन् ।

के –के रहनेछन सुविधा ?
निगमका अनुसार स्मार्ट पेट्रोल पम्प अत्याधुनिक सुविधा सम्पन्न हुनेछन् ।

पम्प आसपासमा हरियाली
राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटर भित्रको जग्गामा स्मार्ट पम्पको विक्रीस्थल निर्माण गर्न पाइने छ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।

विक्रीस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवत÷जावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ । बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्नेछ ।

महिला, पुरुष र अपा·ताका लागि छुट्टाछुट्टै शौचालय
पम्पको विक्रीकक्षमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालय सहितको युरीनरी र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्ने छ । नियमित विद्युत आपूर्ति बन्द भएको समयमा बत्तीको बैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ । अग्नि सुरक्षाको पनि उचित व्यवस्था पनि स्मार्ट पम्पले गर्नुपर्नेछ ।

एकैपटक आठ वटा सवारीमा तेल भर्न मिल्ने
स्मार्ट पम्पले एकैपटकमा आठ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा चार वटा पेट्रोल नोजल र चार वटा डिजल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय बर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ । त्यस्तै, पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ ।

२४ घण्टा खुला हुुनुपर्ने
निगमले ल्याएको व्यवस्था अनुसार स्मार्ट पम्पले २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ ।

रेष्टुरेण्ट र कफिसप
निगमले ल्याएको व्यवस्थाअनुसार स्मार्ट पम्पभित्र रेष्टुरेष्ट र कफिसप पनि हुनुपर्नेछ । न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस तथा कफिसप आदिको व्यवस्था पनि हुनुपर्नेछ । पम्पमा २४ सै घण्टा सुरक्षा गार्डको व्यवस्था पनि गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here