नेपालमा १०० मेगावाट नविकरणीय उर्जाको संभावना

0
12

उर्जा क्षेत्रमा १९ वर्ष लामो अनुभव सँगालेका ई. राम प्रसाद धिताल सन् २०१४ बाट खुल्ला प्रतिष्पर्धाबाट नेपाल सरकारको वातावरण, विज्ञान तथा प्रविधिमन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरीगंमा स्नात्तक गरेका धितालले जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय उर्जामा स्नातकोत्तर र विद्यावारिधी समेत हासिल गरेका छन् । सन् २००३ मा सहायक निर्देशक पदमा पूनः पद बहाल गरेका उनले युएनडीपीको अन्तर्गत अफगानिस्तानमा र अष्ट्रेलियन एड साउथ प्यासिफिकको भानुआतुमा नविकरणीय उर्जा सल्लाहकारको रुपमा कार्य गरेको अनुभव सँगालेका छन् । प्रस्तुत छ नेपाली उर्जा क्षेत्रमा बैकल्पिक तथा नविरणीय उर्जाको स्थितीको सम्बन्धमा धितालसँगको कुराकानी ।

नेपालमा बैकल्पिक उर्जाको अवधारणा कसरी शुरु भयो र हालयसको अवस्था कस्तो छ ?

सत्तरीको दशकमाजव तेल संकटका अवस्था सिर्जना हुन पुग्यो संसार मै बैकल्पिक उपायको विश्व्यवापी रुपमा खोजी सुरु भयो  नेपालको सन्दर्भमा सन् १९९६ मा सरकारले क्षेत्रीय रुपमा कार्य गर्न सक्ने संस्थाको महशुस गरी तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अंगको रुपमा गरी बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको स्थापना भएको हो । यसलाई  स्थानिय संस्थाको रुपमा विकास गर्ने साथै नविकरणिय उर्जा प्रर्वद्धनको लागि यसलाई एउटा म्याण्डेट दिने दिई नेपालमा नविकरणीय उर्जाको विकास गर्ने अवधारणाको साथ यसको विकास भएको हो । नविकरणिय उर्जा भन्नाले हाम्रो सन्दर्भमा लघु जलविद्युत, सौर्य उर्जा, वायो ग्यास, सुधारिएको चुलो लगायतका प्रविधि हुन । त्यसै गरी विन विशेष गरी त्यती वेला सोच चाही के थियो भने अफ ग्रेड सेक्टरमा जेनेरेशनमा त्यो लानलाई त्यो हिसावले शुरुवातगरिएको थियो । स्थापनाको बिस वर्षको अवधिमाअहिले कुलउर्जाको ३.५ प्रतिशत् नविकरणिय उर्जाको योगदान छ जुनविस वर्षको अवधिमा ठूलो उपलब्धीहो । २० वर्षको दौरानमा कुल उर्जामा नविकरणीय उर्जाको योगदान १.५ प्रतिशतबाट बढेर ३.५ प्रतिशत पुगेको छ ।

उर्जाको प्रचलित श्रोतभन्दा नविकरणीय उर्जा कसरी लाभदायक छ ?

नेपाली ग्रामिण तथा सहरी क्षेत्रमा परम्परागत तथा गैर नविकरणीय उर्जाको प्रयोग व्यापक छ । नेपाली अर्थतन्त्रमा आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगट्छ । जुन ज्यादै ठूलो विडम्वना हो । जुन देशमा पेट्रोलियमको उत्पादन नै छैन त्यहाँ यती धेरै खपत हुँदा यसले अर्थतन्त्रमा क्षती पुगेको त छ नै, साथै वातावरणमा समेत नकारात्मक असर गरेको छ । विकसित देशहरुले समय सिमा तोकेरै गैर नविकरणीय उर्जाको प्रयोलाई अन्त्य गर्ने घोषणा गरेका छन् । यस्तो अवस्थामा हामीले समेत सम्भावित बैकल्पिक श्रोतको पहिचान गरी प्रयोगमा ल्याउन सक्ने हो भने विस्तारै उर्जा माथिको यती ठूलो निर्भरतालाई कम गर्न सक्छौँ । अर्कोतर्फ प्रचलित तथा परम्परागत श्रोतबाट वातावरणमा र हाम्रो स्वास्थ्यमा पुग्न जाने प्रभावलाई कम गर्दा हामीले दिगो उपलब्धी हासिल गर्न सक्छौ ।

नेपालकोे नवीकरणीय उर्जाको प्रयोगको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको नवीकरणीय उर्जाको अवस्थालाई दुई किसिमले विश्लेषण गर्न सकिन्छ । एउटा ग्रामीण क्षेत्रमा नवीकरणीय उर्जाको पहुँच विकासका लागि भएको कार्यहरु, नेपालमा ग्रामीण क्षेत्रमा आमजनताको केन्द्रीय प्रसारण लाईनसँग पहुँच छैन, त्यस्ता स्थानमा जनताको बैकल्पिक उर्जामा पहूँच वृद्धि गर्न लघु जलविद्युत, सोलार, गोबर ग्याँस, सुधारिएको चुल्हो लगायतका प्रविधि सहायक सिद्ध भएको छ । नेपालमा हाल कुल उर्जा खपतको १७ प्रतिशत हिस्सा नवीकरणीय उर्जाले लिएको छ, जुन ज्यादै महत्वपुर्ण कुरा हो । ग्रामिण क्षेत्रमा जहाँ विद्युत नै पुग्न सकेको छैन, त्यस्ता स्थानमा समेत वैकल्पिक उर्जाले महत्वपूर्ण योगदान पुयाएको छ । त्यस्तै अघिल्लो वर्षसम्म शहरी क्षेत्रमा पनि लोडसेडिङको अवस्था भयावह रहेको थियो । सरकारले सहरी क्षेत्रका लागि समेत बैकल्पिक उर्जाको कार्यक्रम अगाडि ल्याए पछि लोडसेडिङ्गलाई केही हदसम्म न्यूनिकरण गर्न समेत मद्यत पुगेको छ । केही अगाडी सम्म वैकल्पिक उर्जाको प्रयोग ग्रामिण क्षेत्रका लागि मात्रहो भन्ने अवधारणा थियो, अहिले आएर यो सबै क्षेत्रमा उत्तिकै उपयोगी हुने प्रमाणित भइसकेको छ ।

नेपालको सन्दर्भमा बैकल्पिक उर्जाको प्रमूख श्रोत सौर्य ऊर्जाको क्षेत्रमा बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र कसरी क्रियाशिल छ ?

निश्चय नै सौर्य उर्जा नेपालमा वैकल्पिक ऊर्जाको प्रमुख श्रोत हो ।सन् १९९६मा स्थापना भए पश्चात नै सौर्य उर्जा केन्द्रको प्राथमिकतामा रहेको छ । हामीले यस सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छौ । डेनिस सरकारको सहयोगमा सन् १९९९ बाट ऊर्जाक्षेत्र सहयोग कार्यक्रम सञ्चालन भएपश्चात् सौर्य ऊर्जालाई महत्वपूर्ण कार्यक्रमका रूपमा अगाडि बढाउदै आएको छौ । सौर्य ऊर्जा सहयोग कार्यक्रम अन्तर्गत हामीले आर्थिक वर्ष २०६९।७० देखि पञ्चवर्षीय योजनाको शुरूवात गरेका छौं । यस योजना अन्तर्गत ६ लाख घरधुरीमा घरेलु सौर्य विद्युत् प्रणाली, एक हजार पाँच सय ओटा संस्थागत सौर्य प्रणाली, सात हजार पाँच सय ओटा सोलार थर्मल प्लाण्टको स्थापना गर्ने लक्ष्य छ भने यस कार्यक्रमका लागि करीब ४ अर्ब रुपैयाँ सरकारी अनुदान उपलब्ध गराइनेछ । अन्य श्रोतभन्दा सौर्य उर्जाको नेपालमा सम्भाव्यता र आम सर्वसाधरणको पहुँच समेत राम्रो भएको हुँदा यस क्षेत्रमा धैरै कार्य अगाडि बढाउन सकिन्छ ।

बैकल्पिक श्रोतहरुबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सके उर्जा सकंट समाधान गर्न सकिन्छ भन्ने बहस चलेको छ । यस सम्बन्धमा के–कस्ता कार्य अगाडि बढाइएको छ ?

सर्वप्रथम यसको लागि हामी सरकारी निकायहरु विच समन्वय आवश्यक पर्दछ । नेपाल विद्युत् प्राधिकरण र  वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र दुवै उर्जा उत्पादन गरि उर्जा संकट समाधान गर्न क्रियाशिल संस्थाहुन् । हाम्रो ग्रामिण ऊर्जा नीति बमोजिम केन्द्रीय प्रसारण लाइन पुगेको स्थानमा लघु जलविद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने व्यवस्था रहेको छ भने सौर्य उर्जाको हकमा कुनै छुट्टै नीति छैन । सौर्य विद्युतको उत्पादन परिमाण थोरै हुने र खर्चिलो समेत हुन जाने भएकाले यसमा समस्या देखिएको हो । सौर्य उर्जा उत्पादनको लागत जलविद्युतको तुलनामा अत्याधिक हुने तथा सौर्य उर्जाको प्रशारण लाइनमा विजुली प्रवाह समेत चौबिसै घण्टा नहुने भएकाले यसमा प्रविधिक जटिलता छ । यदि सौर्य उर्जा उत्पादनमा अनुदान दिने व्यवस्था लागु गर्न सकिएमा विद्युत उत्पदानमा वृद्धि गर्न सकिन्छ र त्यसलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न समेत सम्भव हुन्छ ।

के बैकल्पिक उर्जाको माध्यमबाट देशभर नै उर्जाको पहुँच पु¥याउन सम्भव छ ?

नेपाल विश्व मानचित्रमा उत्तरी गोलाद्र्धमा अवस्थित छ । यहाँ वर्षमा ३६५ दिनमा ३०० दिन राम्रो घाम लाग्छ भने प्रति वर्ग मिटर क्षेत्रमा हामिले ५ देखि ६ युनिट विद्युतीय उर्जा पाउन सक्छौं । उर्जा नीतिमा पनि कम्तीमा १० प्रतिशत सोलारमा जाने हो भने त्यसले ग्रेडलाई पनि स्थायी गर्न मद्यत गर्छ । हाल ७५ प्रतिशत जनतामा विद्युतीय पहुँच छ अझै पनि २५ प्रतिशत जनतामा विद्युतिय पहुच पुग्न सकेको छैन जुन अत्यन्त ग्रामीण क्षेत्र हो । हामिले १०० मेगावाट नविकरणीय उर्जाको संभावना देखेको छौं जसमध्ये ३० मेगावाट हामीले उत्पादन समेत गरिसकेका छौं । बाँकि ७० मेगावाट विद्युत लघु जलविद्युतबाट उत्पादन गर्न सकिन्छ ।

साथै यदी अर्को ह्युमन वेस्ट र एनिमल वेस्टलाई  मिक्स गराएर एनाराविक ग्यास उत्पादन गरी समेत वितरण गर्न सकिन्छ हामिले भर्खरै ४ लाख घरमा गोवर ग्यास जोडिसकेको छौं । अर्को सम्भावना भनेको ग्रामिण क्षेत्रमा हरेक घरको सामान्य चुलोको सुधार गर्न सकियो भने झण्डै ३० लाख घरमा क्लिन कुकिङको सोलुसन लान सकिनेछ । अहिले ५५ लाख मध्ये झण्डै ५० प्रतिशतको घरमा मात्र क्लिनकुकिङको ब्यवस्था छ भने बाकीँमा समेत सुधारिएको चुलो लान सकिनेछ ।

नविकरणीय उर्जामा पछिल्लो विकासक्रम के छ ? आगामी दिनमा बैकल्पिक उर्जाको प्रयोगमा वृद्धि गर्न  के गर्न सकिन्छ ?

अब हामिले नयाँ नविकरणिय उर्जाको वर्तमान् क्षेत्रमा राज्यले अनुदान दिने अनुदान दिएपछि नीजि  क्षेत्रहरु गाउँ गाउँमा जान्छन् माग सिर्जना हुन्छ र सिस्टम जडान हुन्छ । यसको  भेरिफिकेशन भएपछि उनीहरुलाई हामी  ५० प्रतिशत रकम अनुदान दिन्छौं । अर्को मोडल हामीले कस्तो तयारी गरेका छौ भने चितवनको माडिमा क्षेत्र पहिचान गरी विद्युत् नभएको क्षेत्रमा जहाँ नीजि क्षेत्रको प्रविधीको उपयोग गरी विद्युत पहुँच नभएको क्षेत्रमा विद्युत पहुँच पुयाउन सकिन्छ । राज्यले समेत त्यसलाई पनि प्रोत्साहन गर्ने सके ती क्षेत्रको नविकरणिय वस्तु तथा स्रोत साधन काम लाग्ने र खेर जाने सबै ती वस्तुहरुको उपयोग हुने भो वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र सरकारको सम्बन्ध र विद्युत प्राधिकरण साथै वातावरण मन्त्रालयको समन्वयबाट आगामी दिनमा नयाँ मोडलका परियोजनाको शुरुवात हुन्छ । अवका दिनमा उर्जाको क्षेत्रलाई अफब्रिज सिस्टममा लैजानु पर्छ । ४५३ वटा गाउँपालिकालाई हामीले कसरी सेवा पु¥याउने र यसमा हामीलाई अवसर र चुनौती दुवै छन् । हामीले सकारात्मक सोच भएका व्यक्तिलाई काममा प्रोत्साहन गर्नुपर्छ उर्जामा सकारात्मक समय आएको छ । हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here