मोतिहारी – अमलेखगंज पेट्रोलियम पाइपलाइन : स्थलगत अध्ययनको लागि भारतिय टोली निगममा

0
3

बहुप्रतिक्षित मोतिहारी – अमलेखगंज पेट्रोलियम पाइपलाइन परियोजनाको स्थलगत अध्ययनको लागि भारतिय टोली नेपाल आइपुगेको छ । ईण्डियन आयल कर्पोरेशनका पाइपलाइन विभागका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय टोली आज नेपाल आइपुगेको हो । आजै निगमका पदाधिकारीसँग छलफल गरी भोली शुक्रबार अमलेगंज पुगी स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको निगमका प्रवक्ता ई. विरेन्द्र गोइतले बताए ।