रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माण सुरु

0
2

सिमरा, १३ असार–बहुप्रतिक्षित रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माण रुपमा सुरु भएको छ । पाइपलाईन निर्माणस्थल किटान गरी आवश्यक ठाउँहरुमा स्तम्भहरु गडिएको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनका कर्मचारीहरुको उपस्थितिमा स्तम्भहरु गड्ने काम सुरु भएको हो । ३८ किलो मिटर दुरीको पाइपलाईन निर्माणका लागि २ सय ७५ करोड भारु लाग्ने अनुमान गरिएको छ । जस मध्ये भारत सरकारले २ सय करोड र नेपाल सरकारले ७५ करोड भारु लगानी गर्ने नेपाल भारतवीच सहमति भएको थियो । पाइपलाईन निर्माणका लागि इण्डियन आयल कर्पोरेशन पाइपलाईन प्रोजेक्ट पट्नाका इञ्जिनियर परिमल आनन्द सहितको टोलीबाट निर्माणस्थलको रेखाकंन भईसकेको नेपाल आयल निगम पाइपलाईन परियोजना प्रमुख इञ्जिनियर प्रदीपकुमार यादवले वताए । यादवका अनुसार पाइपलाईन निर्माणका लागि भारतले ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुर्याईसकेको र पाईप निर्माणकार्य पनि भारतमै सुरु भइसकेको छ । नेपाल आयल निगमले पनि पाइपलाईन प्रोजेक्ट सम्पन्न गर्न वाराको सिमरामा कार्यालय स्थापना गरेर कर्मचारी खटाईसकेको पाइपलाईन परियोजनाका विज्ञ इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।