वैकल्पिक ऊर्जाको रुपान्तरण

0
13

हालसम्म राष्ट्रिय प्रसारण प्रणलीबाट विद्युत सेवा नपुगेका गाउँघरमा व्यक्ति वा समुदायले जे जति लघु तथा सान जलविद्युतबाट उत्पादित ऊर्जा प्रत्यक्ष घरायसी खानपान र उपभोग्य वस्तु तैयारी गर्ने र उज्यालो बत्ती बाल्ने कममै सीमित छ । साधारण कुटानी पिसानी, काठचिरानी, रेडियो बजाउने, मोबाइल चार्ज गर्ने र टेलिभिजन हेर्ने प्रयोजनमा प्रयोग मात्र गर्ने अधिकांश उत्पादन खपत हुन सकेको छैन । सरकार र दातृनिकायहरुको चाहना यसैमा मात्र सीमित छैन । हुनत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सन् २०१७ सम्ममा प्रत्येक नेपालीको घरमा सुधारिएको खाना पकाउने प्रविधि पुर्याई परम्परागत प्रचलनलाई प्रस्थापित गरी इन्धनको खपतमा कमी ल्यउने र घरभित्रको धुँवारहित स्वस्थ सफा भान्छा व्यवस्थापन गर्ने लक्ष्य प्रथमिकतामा राखेर अगाडि बढिरहेको छ ।

हुनत विगत पंचायतकालदेखि जन जनस्तरबाट आफ्ना जग्गाका लालपुर्जा राखेर भएपनि गाँउघरका खोलाको खेर गइरहेको पानीलाई प्रयोगमा ल्याएर विजुली झलमल पार्न धेरै समुदायहरुले पहल नगरेका होईनन् । त्यस बेला जनताको सहभागितालाई प्रोत्साहन गर्ने सरकारी ऋण प्राप्त गरी केही उत्साहित मानिसहरुले (खासगरी भूतपूर्व सेनामा कार्यरत व्यक्ति र समुदाय) अग्रणी भूमिका खेले । तर आज सरकारको घोषित नीति र सरल एवं पर्याप्त अनुदानको कारण धेरै गाँऊठाँउमा यसको उपयोग र कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भैरहेका छन् । नवीकरणीय ऊर्जाको क्षेत्रमा पछिल्लो एक दशकको उपलब्धिको गतिलाई हेर्दा नेपालीहरु आत्मनिर्भर उन्मुख छन् । तर दुर्भाग्यको कुरा शहर वजारमा लामो समय लोडसेडिङको मर्का खेप्नुपर्दा उद्यम व्यवसाय र आधुनिक यन्त्रमा निर्भर भई बाँच्नुपर्ने सचेत र उत्पादनशील जनशक्तिलाई धेरै मर्का परिरहेको छ । र सरकारले गर्ने शासन प्रणाली असफल र राजनैतिकदल एवं नेताहरुलाई दोष थुपार्ने मौका मिलेको छ । यो स्वाभाविकै हुन पनि सक्छ किनभने सरकारको अस्थिरता, सूचना प्रविधि र भूमण्डलीय असरले मानिसको जीवन पद्धति यान्त्रिक र समयाभाव शत्रु बन्न पुगेको छ । अब यसको विकल्प नवीकरणीय ऊर्जा प्रवर्धनको माध्यमले हालको सोच, योजना र कार्यक्रममा व्यापक रुपान्तरण गर्नुपर्ने समय आएको छ । त्यसैले सरकार र नीति निर्माताहरुले हिजोको विकासको हार्डवेयर (भौतिक पूर्वाधार विकास गर्न परम्परागत शैलीका साथै सफ्टवयर (मानव संसाधन ) विकास र पूँजी उत्पादनतर्फ सोच्नु आवश्यक भैसकेको छ ।

शहर बजारमा नयाँ घर भवन निर्माण गर्न नक्सा पास गर्दा सौर्य ऊर्जा स्थापना गर्ने सहुलियत अनुदानको व्यबस्था र त्यसको प्रयोगबाट उद्योग व्यवसाय संचालन गर्नलाई विशेष प्रोत्साहन कार्यक्रमद्वारा भारतको गुजरातमा झण्डै ३०० मेघावाटको सौर्य ऊर्जा उत्पादन नरेन्द्र मोदीको मुख्य मन्त्री कालमा सम्पन्न भयो । हाल नेपाल सरकारको दातृ निकायको सहयोगमा सिहंदरवारभित्र ३ मेघावाटको सौर्य ऊर्जा उत्पादन गर्ने कार्यक्रम ढिलै भएपनि सकारात्मक र अनुकरणीय मान्नु पर्दछ । गाउँघरमा साँझ बत्ती बाल्ने र अरु बेला पानी खोलामा फाल्नुको सट्टा त्यसलाई राट्रिय प्रशारणमा जोडेर उत्पादकलाई प्रत्साहन गरी खरीद गर्नु पर्दछ । गाँउका उपभोक्ताहरुले वत्तीमात्रै बाल्ने र खासै उत्पादनमूलक उपयोगमा ल्याउन नसक्दा धेरै माइक्रो हाईड्रोका उत्पादकहरु उत्साहित छैनन् । सरकारले निश्चित मापदण्ड र नीतिमा खरीद र राट्रिय प्रशारणमा जोड्ने संजाल निर्माण गर्नु पर्दछ । यसो हुन सके निजी क्षेत्र र समुदाय लगानी गर्न अग्रसर हुन्छन् । उत्पादनको कमाण्ड क्षेत्र र उत्पादकलाई अधिकतम सहुलियत दिएर बाँकी रहेको खपतलाई सहर बजारमा बस्ने सुबिधा भोगिलाई महंगो दाममा बेच्न सकिन्छ ।

तेस्रो कार्य सवै भन्दा महन्वपूर्ण,महत्वकांक्षी र केही जटिल पनि छ । त्यो हो नवीकरणीय ऊर्जा उभोक्तालाई सुसूचित, शीपमूलक, सिर्जनशील र आफनै गाँउठाँउ वरिपरि रहेको स्रोत साधनलाई उर्जाको उपस्थितिले आयआर्जन र वढि भन्दा वढि उत्पादन शिल वनाउने कार्यक्रम । ऊर्जाको जगेडा उत्पादनलाई हाम्रा दैनिक खानपानका पदार्थहरु प्रशोधन, रुपान्तरण र विविधकरण गराउने । उदाहरण स्वरुप आज तेस्रो मुलुकबाट नेपाल भित्रिने केहि खाद्यपादार्थ, चकलेर स्न्याक र जंकफूडलाई प्रतिस्थपन आलु, बकुल्ला, केरा, बदाम लगायत माछा मासु फलफूलहरु समयानकूल प्रोसेसीङ गरेर बजारीकारण गर्ने । उत्तर र दक्षिण अपार बजारको ब्यवस्था भएको छिमेकी मुलूक नेपाल धेरै अन्यौल र योजना बिहीन अवस्थाबाट गुज्रिरहेको छ । काठमाण्डौँको फूटपाथमा भुटेर बेचेको बकुला, भटमास र मकै हामी खाना आनाकानी गछौँ तर चिन÷तिब्वतवाट आयत गरेको राम्रो प्याकिङ गरेको १०० ग्राम बकुला ५०÷६० रुपैया तिरेर खान्छौँ । यो सानो नमूना उदाहरण मात्रै हो । यस्ता शीप र आयआर्जन हामीसंग धेरै छन् । इज्रायल आफ्ना वरिपरिका प्रायः सवै शत्रुदेशसँग डराउदैन । त्यहाँ उसको निर्यात हुदैन । फूल र अमिलो जातका फलफूल एंव हरियो तरकारी मरुभू्मिमा ग्रिनहाउस बनाएर उत्पादन गरी यूरोप भरी बेचेर धनी भएको छन् । हाम्रा निकट मित्रराष्टहरु भारत र चीन नेपाल बाहेक आउदा पर्खि रहेका छन् । हामी मित्र राष्ट्रहरुसंगको असन्तुलीत ब्यापार घाटामा छौँ र हरेक दिन आयतमा निर्भरमूखी भएका छौ । कौडीको भाउमा कच्चा पदार्थहरु, जडिबुटी र काठ एंव वेरोजगार युवाशक्ति निर्यात गरीरहेका छाँै । यसैमा हामी गार्व गर्छौँ । अपार जलस्रोत पर्यटकीय गन्तव्यको प्रचुर संभावना र सस्तो श्रमशक्तिको उपलब्धतामा विदेशी/छिमेकी निर्भरमूखी (विजुली भारतवाट किनी रहेका छौँ) भै रहेका छाँै । नेपाल जस्तो स्रोत साधन र बजार उपलब्धताको दूष्टिकोणवाट धनी एंव भाग्यमानी राष्ट विश्वमा कुन होला? सिर्फ हामीलाई राजनीति स्थायित्व, ब्यवस्थापकीय क्षमता, लगानी मैत्रि वाताबरण, भरपर्दो शान्ति सुरक्षा र असल शासनको अभाव मात्रै हो । आज अमेरीकामा बसेका भारतका कैयाँ वैज्ञानिक र प्राविधिकहरु आफनो देश फर्केर ठुलो उपलब्धी देखाउन थालेका छन् । बिश्व मै उदाउदो अर्थतन्त्रको रुपमा भारत र चीन दुई डिजिट ग्रोथमा प्रतिस्र्धा गर्दै अघि बढि रहेको छन् ।

त्यसैले नेपालल ८०% भन्दा बढी जनसंख्या गाउँमा बसेका तर्फ बढी जोड बिकास निर्माण ध्यान जरुरी छ । हाल धेरै युवा पिडी बिदेश वाट फर्केर गाँउघरमा स्वरोजगारमा संलग्न हुन थालेको अवस्था छ । शहरबजार तर्फ वसाईसराएको चर्को चाप रोक्न र कठिन एवं जोखिमपूर्ण विदेशमा श्रम वेच्न वाध्य युवाशक्तिलाई स्थानिय तहमै रोजगारी दिलाउने, उत्पादित वस्तुको वजारीकरणमा सहयोग गर्ने र लगानि मैत्रि वातावरण गराउन सरकारको ठोस कार्यक्रम आगामि दिनहरुमा आउनुपर्दछ । जनता सवल सक्षम सम्वृद्ध भए भने धरै भौतिक पूर्वाधारका विषयहरु स्वत विकास गर्न थाल्दछन् । त्यसैले सरकार एवं दातृनिकायहरुको सहयोग भौतिक सूर्वाधार निर्माणका साथ साथै त्यसको इन्डयुज (अन्तिम एवं अधिकतम प्रयोग) के के मा हेर्ने सुनिश्चित गरीनु पर्दछ । सिन्धुलिको जुनार, जुम्लाको स्याउ, पाँचखाल/धादिङ्गको तरकारी, जनकपुर चितवनको माछालाई भारत र चिनवाट आयातित पदार्थले विस्थापित र प्रतिस्पर्धा गराउने होइन । हाम्रा उत्पादनको गुणस्तरबाट छिमेकिलाई आकर्षण गराउने र सस्तो सुलभ दररेटमा उनिहरुको बजार, घर अाँगनमा पुर्याउने रणनितिका साथ हाम्रो नीति र योजना हुनु पर्यो । ऊर्जाको रुपान्तरणमा हाम्रा स्रोत साधन र उत्पादनहरुलाई कसरी समिकरण र उपलव्धिमूलक बनाउन सकिन्छ, सोच्नु आवश्यक छ ।

नविकरणीय ऊर्जा नेपालको ग्रामिण जाजिवन र आर्थिक सरंचना अनुकुल संभव देखिएकाले उपभोक्तालाई आफ्ना स्रोत साधनमा रुपान्तरण गर्ने र सस्तो सुलभ स्रोत साधनलाई परिस्कृत एवं उच्च गुणस्तरको बनाएर बजारीकरण गर्ने तर्फ नविकरण्ीय ऊर्जालाई अगाडि बढाउन सकियो भने दीगो विकास हुन्छ । दातृ निकाय एवं सरकारमुखि हुने परम्परा र उपलब्ध स्रोत साधनको महत्व बुझाउन नसकिएकाले कार्यक्रमहरु असफल भैरहेका छन् । यसमा उपभोक्ताहरुसँग चेतनाको कमि शीप दक्षता र अगुवाइ गरिदिने नेतृत्वदायी संस्था र व्यक्तिको अभावले गाँऊ ठाँऊहरु स्थानिय स्रोत साधनहरु प्रचुर मात्रामा भएता पनि पछि परिरहेका छन् । शहरी र ग्रामिण जिवन विचमा ठुलो खाडल देखा परिरहेको छ । विकास भनेको शहरमा मात्र हुँदो रहेछ भन्ने गलत बुझाई भएको छ । त्यसैले सरोकारवाला निकाय र लाभान्वित जनसमुदायले विकासलाई हार्डवयर र सफ्टवयरको सन्तुलित समायोजनमा अगाडि बढ्नु पर्दो रहेछ भनेर बुझ्नु आवश्यक छ ।