हाईड्रो पावरमा एक चिनिया नागरिकको मृत्यु

पोखरा: कास्की जिल्लाको मादी गाउँपालिका स्थित मादी हाइड्रो पावरमा कार्यरत एक चिनीया नागरिकको मृत्यु भएको छ । बिगत तीन बर्ष देखि हाइड्रो पावरमा काम गर्दै आएका ४७ बर्षिय चङ चावछी मंगलवार बिहान अचेत अवस्थामा फेला पारी उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
सोमवार साँझ खाना खाएर सुतेको चावछी मंगलवार बिहान अचेत अवस्थामा फेला परेपछि हाईड्रोपावरमा कार्यरत कर्मचारीले उपचारका लागि मणिपाल अस्पताल लगेका थिए । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बताएका छ ।