हिमालयन हाइड्रो एक्स्पो २०१८ को सम्पूर्ण तयारी पुरा : राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा समुद्घाटन हुने

0
26

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि.को आयोजनामा नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो, २०१८ को सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुनेछ ।
एक्स्पोको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीज्यूबाट हुने तय भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पोको उद्घाटन कार्यक्रम यही पुष २१ गते शुक्रबार विहान ११ बजे हुनेछ । नेपाल सरकारका ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्नेे लक्ष्यलाई यस मेलाले विशेष सहयोग पुर्याउने अपेक्षा आयोजकको छ ।
तीन दिनसम्म चल्ने यस एक्स्पोमा हाइड्रो पावरका निर्माता, हाइड्रो पावरका उपकरण उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ ।
एक्स्पोमा CMC Italy , VOITH- Germany, CRYSTAL – India, FLOVEL-India, VAPTECH- Bulgaria, MAVEL- Czech Republic , BFL-India, Powerchina – China, CSEC – China जस्ता बहुराष्ट्रिय कम्पनी सहभागी हुने भएका छन् ।
एक्स्पो अवधीमा पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने तयारी रहेको छ ।
हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा
यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनौट गरी प्रथम हुनेलाइ ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरी पुरस्कृत गरिने आयोजकले बताए ।
तीन दिने यस प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान रहको आयोजकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here