हिमालयन हाइड्रो एक्स्पो २०१८

0
9

नेपालमा पहिलो पटक हाइड्रो सम्वन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिने भएको छ । देशको जलविद्युत् क्षेत्रलाई बढावा दिनको लागि स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था, इपान तथा एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो आउँदो पुस २१ देखि २३ गते सम्म भृकुटी मण्डप काठमाण्डांैमा आयोजना हुने भएको छ ।

हिमालयन हाइड्रो एक्सपो २०१८, नाम दिइएको उक्त कार्यक्रम नेपाल मै पहिलो एक्सपो कार्यक्रम भएको आयोजक संस्था क्ष्एएब्ल् ले जानकारी दिएको छ ।

यो सेक्टरमा लागेका सम्पूर्ण स्टेक होल्डरहरु, डेभलोपरहरु, सप्लायर्सहरु, इक्कुपमेन्ट सप्लायर्स, कन्ट्रक्टर, इन्जनिएर, डिजाइनर सबैलाई एउटै कोलममा ल्याएर एक आपसमा डिस्कसन गराउने र हाल विश्वमा डेभलपिङ इनर्जी टेक्नोलोजी सँग एक आपसमा सेयर गर्नु नै कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था क्ष्एएब्ल् का अध्यक्ष शैलेन्द्र गुरागाइ बताउछन् ।

एक्स्पो प्रदर्शनी हल भृकुटीमण्डप काठमाडौंमा जनवरी ५ देखि ७ सम्म आयोजित गरिने छ ।

एक्स्पोमा जलविद्युत विकासकर्ता, सम्बन्धित राज्यको (कला औद्योगिकी उपकरण निर्माता, आपूर्तिकर्ताहरू, लगानीकर्ताहरू बैंक र निमाण कम्पनीहरूबाट ३०० भन्दा बढी स्टलहरू रहने छन् भने यी बीचमा १५० वटा भन्दा बढी स्टलहरू अन्तराष्ट्रिय कम्पनीहरूका हुनछन् । अर्को आयोजक संस्था एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लिले ईनर्जी नेपाललाई बतायो ।

कार्यक्रममा नेपाल सरकार उर्जा मन्त्रालय तथा राष्ट्रिय योजना आयोगको तथा नेपाल भारत उद्योग वाणिज्य संघ÷नेपाल जर्मन उद्योग वाणिज्य संघको समेत सहकार्य रहने आयोजकले वताएको छ ।

नेपालको उर्जाक्षेत्रमा लगानीलाई बढुवा दिन तथा उत्पादकहरु र लगानीकर्ताहरु बीचको अन्तरसम्वन्धलाई दिगो बनई लगानीकर्ताहरुलाई हाइड्रो क्षेत्रको लगानीमा बृद्धि गर्न अभिपे्ररित गर्न लाई समेत एक्सपो ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले बताए ।

यो ठूलो र स्तरीय प्रदर्शनी हो जसले नेपालको उर्जा र जल सम्पदाका बारेको तथ्यहरु विश्वसामु प¥ुयाउनुका साथै नेपालको जल स्रोतको क्षमता, चुनौती, जल संसाधन प्रबंद्धनका अवसर, विश्व स्तरमा जलविद्युत् विकास अवस्था र सम्भावित बजारका वारेमा यो कार्यक्रम एक नमूना बन्ने र सम्पर्ण दक्षिण एशिया क्षेत्रका लगानीकर्ताहरूलाई हाम्रो देशको उर्जा क्षेत्रमा लगनी गर्न समेत उत्साहित गराउने आसा आयोजकको रहेको छ ।

एक्सपो कार्यक्रममा करीव १० लाख पर्यटकहरुले भ्रमण गर्ने अपेक्षा आयोजकको रहेको छ । कार्यक्रममा १५० भन्दा बढी जल विद्युत कम्पनीहरू, निर्माण कम्पनीहरू, महाविद्यालयहरू, समेतको सहभागिता रहनेछ । कार्यक्रममा एक्सपो ईन्जिनियरिङका विद्यार्थीहरूको प्रतिस्पर्धा पनि हुने भनीएको छ भने जलविद्युत सम्बन्धी जानकारी वितरण गर्ने स्टालहरूको समेतको ब्यवस्था गरिने आयोजकले बताएको छ ।

आयोजनालाई ठूला प्रकोपको जोखिमबाट सुरक्षित राख्न विमा अनीबार्य

लामो समय र ठूलो लगानी आवश्यक पर्ने उर्जाका आयोजनालाई ठूला प्रकोपको जोखिमबाट सुरक्षित राख्न विमा अनिवार्य रहेकोमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र उर्जा उत्पादन संघ नेपाल (इपान)ले राजधानीमा आयोजना गरेको उर्जा क्षेत्रमा विपत जोखिम ब्यवस्थापन सम्वन्धी प्राविधिक सम्मेलनमा उनीहरुले त्यस्तो बताएका हुन् । काठमाडौें दरवार मार्ग स्थित याक एण्ड यति होटलमा नोभेम्वर १२ गते एक दिवसीय सेमिनारको आयोजना गरेर कार्यक्रमको उद्घाटन गरेका थियो ।

सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले दीर्घकालीन रुपमा उर्जाका आयोजना प्रकोपका कारण प्रभावित नहोउन भन्नेमा सरकार सचेत हुनुपर्ने वताए । अष्ट्रेलियाका राजुत पिटर वर्डले नेपालका विकासका लागि अष्ट्रेलिया सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरे भने नर्वेका रजदुत लेसे वियोरनले नेपालमा रहेका उच्च हिमश्रृखलाहरु पग्लिएर ठूलो विपद आउन सक्ने भएकाले दीर्घकालीन महत्वका आयोजनालाई सरकारले समयमै सुरक्षित राख्ने गरी योजना बनाउनु पर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्द राज भट्टले सरकार ठूला आयोजनाको सुरक्षाका लागि दीर्घकालीन विकासका कार्यक्रम संञ्चालन गर्ने पक्षमा रहेको बताए । सम्मेलनमा विभिन्न देशका विज्ञ, लगानीकर्ता र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्ने सबै वक्ताहरुले हाइड्रोहरुको सुरक्षाकालागि नयाँ प्रवधि अबलम्वन गरिनु पर्ने बताएका थिए ।

नेपालको जलश्रोत र यहाको भौगोलिक संरचनाले जल विद्युतको प्रसस्त सम्भावना भएको देश भएकाले हाइड्रोहरुको विकास गर्नु पर्नेमा सबैको मात रहेको थियो । कार्यक्रम चार दिन सम्म चेलेको र वाँकी कार्यक्रम धुलिखेलमा गरिएको थियो । धुलिखेलमा यस संग सम्बन्धित स्टेक होल्डरहरु, डेभलोपरहरु, सप्लायर्सहरु, इक्कुपमेन्ट सप्लायर्स, कन्ट्रक्टर, इन्जिनिएर, डिजाइनर तथा प्राविधिकहरुलाई हाइड्रोहरुमा जोखमि निवारण संग सम्वन्धित तालिमको आयोजना गरिएको इपानका अध्यक्ष गुरागाईले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here