नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बाम गठबन्धनको सरकारले लिएको आर्थिक समृद्धि र दुई अंकको आर्थिक बृद्धिदरको नारालाई निरन्तर ओरालो लागेको नेप्से परिसूचकले व्यंग्य गरेको बताएका छन् ।
सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री महतले चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको उल्लेख गरेका छन् ।
लगानी प्रवद्रधनकाे लागि भाषण भन्दा विश्वासको वातावरण बढाउन ठोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको महतको भनाई छ ।
पछिल्ला सातामा सेयरबजारमा उच्च गिरावट देखिएको छ । गएको दुई दिनमा मात्रै नेप्से सूचक करिब ५९ अंकले घटेको छ भने समग्र बजार पूँजीकरण ६७ अर्बले घटेको छ ।
सेयर बजारको तिब्र गिरवाटले लगानीकर्ताको मनोबल खस्किएको छ । तर सरकार र धितोपत्र बजारका नियमनकारी निकायहरु भने मौन रहेका छन् ।
स्राेत: मेराे लगानी