नेपाल आयल निगमले आफ्नो प्रादेशिक कार्यालयहरु तथा डिपाे प्रमूखहरूको एकैपटक व्यापक सरुवा गरेको छ । राजधानीको लाइफलाइन मानिएको थानकोट डिपोको प्रमूखमा भरत रेग्मी नियुक्त भएको छन् । केही वर्ष अघिसम्म कुवेतको संज्ञा पाउने निगमका डिपोहरुमा प्रमूख भई जान व्यापक चलखेल हुने चर्चा चल्ने गर्दथ्यो , तर समयानुकुल प्रविधीमा भएको विकास र मन्त्रालय, अख्तियार लगायत सम्बन्धीत निकायहरुको ध्यानार्कषण भएपछिको अवस्था भने फरक छ ।

हालकोे सरुवा नियमित प्रकृया अन्र्तगत भएको र विनियमावलीमा भएको व्यवस्था तथा दरवन्दी बमोजिम नै सरुवा गरिएको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराइले बताए । निगम व्यवस्थापनले नवगठित संघिय संरचना बमोजिमनै तय भएको दरवन्दिको आधारमा सरुवा गरिएको भट्टराइले बताए ।
निगमको इतिहासमै पहिलो पटक महिला डिपो प्रमूख
त्यस्तै ४८ वर्षको इतिहासमा निगमले पहिलो पटक महिला कर्मचारीलाई डिपो प्रमूख नियुक्त गरेको छ । निगमको केन्द्रीय कार्यालयमा कार्यरत उप निर्देशक विनी श्रेष्ठलाई निगमले ४ नं. प्रादेशिक कार्यालय, पोखराको प्रमूखको जिम्मेवारी सुम्पेको हाे ।

पछिल्लो पटक लकिंग सिष्टमको कार्यान्वयन, स्वचालित मूल्य प्रणालीको समयानुकुल प्रयोग तथा चुक्ता पुजी वृद्धिको कार्यले निगमको सुधारको पथमा अगाडी बढेको संकेतको रुपमा हेरीएको छ ।
को कहाँ सरुवा ?
इन्धन डिपो विराटनगर: दिनेश कुमार यादव
इन्धन डिपो थानकोट: भरत रेग्मी
इन्धन डिपो पोखरा: विनी श्रेष्ठ
इन्धन डिपो भलवारी: सुरज शाह
इन्धन डिपो नेपालगंज: अभिषेक ठाकुर
इन्धन डिपो दांग : सुजीत पोखरेल
क्षेत्रिय कार्यालय धनगढी: सर्पराज शर्मा
शाखा कार्यालय दिपायल: शिवराज भण्डारी
हवाई इन्धन डिपो भद्रपुर: मनिष न्यौपाने
हवाई इन्धन डिपो मन्थली: विरध्वज तामांग
हवाई इन्धन डिपो भैरहवा: राजन नेपाल
हवाई इन्धन डिपो नेपालगंज: मनोहर डि.सी.
हवाई इन्धन डिपो सुर्खेत: दिपक घिमिरे
श्रोतः नेपाल आयल निगमको वेभसाइट तथा सम्बन्धितकाे फेसबुक प्राेफाइल