पाइपलाइन आपूर्ती प्रणालीलाई सुनिश्चीत गर्ने सबैभन्दा उत्कृष्ट संयन्त्र हो ।

0
522

पाइपलाइन नेपालको लागि किन आवश्यक छ ?
हाम्रो वर्तमान ढुवानी प्रणालीमा इण्डियन आयलका रिफाइनरी तथा डिपोहरुबाट नेपाली नंम्वरका टैंकरबाट इन्धन ढुवानी भइरहेको छ । हामी इण्डियन आयलको नेपाल सँग नजिक रहेका डिपोहरु मध्ये नेपालको मध्य क्षेत्रका लगि सबै भन्दा नजिक रक्सौल र टाढामा बरौनीबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएका छौ । बरौनीबाट आयात गर्दा दुरी लामो भएको कारण ढुवानीमा समय लाग्ने गरेको छ । साथै रक्सौल क्षेत्रमा हुने अत्याधीक सवारी चापका कारण उक्त रुटमा समेत सवारी जाम लगायतका समस्या धेरै छन् । यदी पाइपलाइन मार्फत ढुवानी गरीने हो भने हामीले सहजै इन्धन आयात गर्न सक्छौ । त्यसै कारण पाइपलाइन नेपालललाई आवश्यक छ । यसका साथै पाइपलाइन आपूर्ती प्रणालीलाई सुनिश्चीत गर्ने सबैभन्दा उत्कृष्ट संयन्त्र हो ।

पाइपलाइनबाट नेपाललाई के फाइदा हुनेछ ?
समग्रमा भन्दा पाइपलाइनबाट नेपाललाई फाइदा मात्रै छ । हाल विरगंज क्षेत्रबाट मात्रै कुल आयातको करिव ६० प्रतिशत इन्धन आयात हुन्छ । टैंकर मार्फत ढुवानी गर्दा लाग्ने ढुवानीसँग सम्बन्धीत सबै खर्च भ्ष्mिष्लबतभ हुन्छ । यसका साथै गुणस्तरको सुनीश्चितता पाइपलाइनको अर्को मूख्य फाइदा हो । समय समयमा हुने गुणस्तर सँग सम्बन्धीत समस्या, तापक्रम एवं कार्यगत नोक्सानीबाट जुन नोक्सानी निगमलाई भइरहेको छ यसको समाधानको उत्तम विकल्प भनेको पाइपलाइन नै हो । वातावरणीय एवं पर्यावरणीय असर समेत कम हुने भएकाले पनि पाइपलाइनबाट धेरै फाइदा रहेको छ । पाइपलाइनबाट ढुवानी भएपछि इन्धन बालेर इन्धन आयात गर्ने अवस्थाको अन्त्य हुनेछ ।

आयोजनाको हालको भौतिक प्रगतीको अवस्था कस्तो छ ?
आयोजना अन्र्तगत नेपालतर्फ पाइप विछ्याउने कार्य करिव ६० प्रतिशत सम्पन्न भइसकेको छ । यसका साथै अमलेखगंज स्थित डिपोमा टैंकीको स्तरोन्नतीको कार्य समेत तिव्र गतीमा भइरहेको छ । नेपालतर्फको कुल ३६.२ कि.मि. मध्ये २२.४ कि.मि. खण्डमा पाइप विछ्याउने कार्य सम्पन्न भइसकेको छ । पर्सा राष्टिय निकुञ्ज तर्फको ११ कि.मि. खण्डमा रुख कटान पूर्व वातावरणीय प्रभाव मूल्यांकन अध्ययन पुरा गरी वन मन्त्रालयबाट स्विकृत समेत भइसकेको छ । अव छिटै उक्त क्षेत्रमा पाइपलाइन विछ्याइनेछ । कठिन एवं समय धेरै लाग्ने स्थानहरुमा ज्म्म् प्रविधीको प्रयोग गरेर पाइप विछ्याइएको छ ।

आयोजनाको निर्माण कहिले सम्ममा सम्पन्न हुने छ ?
आयोजनाको कामको क्रममा हामिले के महशुस गयौ भने वास्तविक निर्माण कार्य भन्दा पनि नीतिगत एवं प्रकृयागत कार्यका कारण समय धेरै लाग्ने रहेछ । वास्तविक निर्माणको गतीको आधारमा भन्नुपर्दा हामीले निर्धारीत समय भन्दा पनि धेरै छिटो काम सक्ने थियौ । अहिले पनि पर्सा वन्यजन्तु निकुञ्ज क्षेत्रको १० कि.मि. खण्ड चुनौतीपूर्ण रहेको छ । निर्माण कार्य सुरु गरेको ३० महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेकोमा हामी मार्च २०१९ भित्रै परिक्षण प्रसारण गर्ने तयारीमा लागेका छौ ।

पाइपलाइनलाइ विस्तार गर्ने सम्बन्धमा निगमको कस्तो योजना रहेको छ ?
यस परियोजनाबाट हामीले जुन प्राविधीक ज्ञान हासील गरिरहेका छौ । यस हाम्रो क्षमतालाई अभिवृद्धी गरेको छ । भविष्यमा यस्ता प्रकृतीका परियोजनामा हामी आफैले समेत निर्माण गर्न सक्ने विश्वास लिएका छौ । आगामी चरणमा पाइपलाइनलाइ हामी चितवनसम्म विस्तार गर्ने योजना रहेको छ भने पूर्वमा भारतको सिलिगुढी देखी नेपालको चारआलीसम्म पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने तयारी गरेका छौ ।