Cycle City Pokhara को आयोजनामा नेपाल आयल निगमको प्रायोजनमा Tour De Pokhara 2018 Cycle Rally को चौथौ संस्करण आज शनिवार सम्पन्न भएको छ ।
३० किलोमिटर लम्बाईको ¥याली पोखरा रंगशालाबाट सुरु भई बुद्धचोक, अमरसिंहचोक, डिआर पेट्रोल पम्प, कास्की मोर्डनाइज स्कुल, धिकालथर, हस्पिटल चोक, रानीपौवा चोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सी चोक, आइएन एफ, सिम्पानी, हरिचोक, बागलुङ राजमार्ग, जिरो किमी, लेकसाइड, राष्ट्र बैंक, बिरौटा चोक, मुस्ताङ चोक, नागढुंगा, पृथ्वी चोक हुँदै रंगशालामा पुगी अन्त्य भएकाे थियाे ।
शत् प्रतिशत् आयातमा निर्भर पेटोलियम पदार्थको आयात गर्ने एकमात्र संस्था भएतापनी निगम पेटोलियम पदार्थको प्रयोगबाट वातावरणमा हुने क्षती प्रती सजग रहेकाे र आम जनताकाे स्वास्थ्य गम्भिर रहेकाले यस किसिमको कार्यक्रमको प्रायोजन गरिएको कार्यक्रममा प्रमूख अतिथि निगमका कार्यकारी निर्देशक ई सुशिल भटराइले बताए । पेटोलियम पदार्थको कम भन्दा कम प्रयोग गरी वातावरण प्रती सचेत रहनु अावश्यक भएकाे उनले बताए ।
जैविक इन्धनको प्रयोगबाट वातावरणमा हुने क्षती तथा साइकलको प्रयोगले मानव स्वास्थ्यमा पुग्ने लाभलाई आम जनसमुदाय समक्ष प्रस्तुत गर्दै वातावरण प्रति जिम्मेवार एवं सजग वनाउन Burn Fat Not Fuel नाराका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम पुर्ण रूपमा सफल भएका र्यालीका संयोजक एवं साइकल सिटि पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।
कार्यक्रममा ७०० भन्दा बढी स्वदेशी तथा विदेशी साइक्लीष्टहरुको सहभागिता रहेको थियो ।
हेर्नुहाेस फाेटाे फिचरः