नेपाल आयल निगमले पेटोलियम पदार्थहरुको मूल्य समायोजन गरेको छ । व्यवसायीक साझेदार इण्डियन आयलले नयाँ मूल्य सुची उपलब्ध गराएपछि आज पौष १८ गतेको राती १२ः ०० बजे देखी लागू हुने गरि पेट्रोल र डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा रु. २ प्रति लि. का दरले स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरेको हो ।
समायोजन पश्चमत काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य निम्न बमोजिम कायम भएको छः
- पेट्रोल – रु. १०८।०० प्रति लि.
- डिजेल र मट्टितेल – रु. ९५।०० प्रति लिटर
यसका साथै अन्य पदार्थहरुको हकमा भने मूल्य यथावत राखिएको छ । यस विचमा अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुन: कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा सुत्र बमोजिम पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाईएको निगमले जनाएको छ ।
यस समायोजन पश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोल रु. १०.४१ प्रति लि.ले र डिजेल रु. १२।३८ प्रति लि. ले नेपाल तर्फ नै अझै सस्तो कायम हुन पुगेको निगमको दावी रहेको छ । चालु आ.व.को विगतका केही महिनाहरुको अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउदाँ अझै करिब रु. २ अर्व ३७ करोड घाटा पुर्ति हुन बाँकि रहेको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार साविकको मूल्यमा रु. २ प्रति लि. घटाई समायोजन गरे पश्चात् पेट्रोल, डिजेल , मत्तितेल र हवाई इन्धनमा निगमलाई नाफा रहेको छ भने एल.पि. ग्याँसमा अझै प्रति सिलिण्डर रु. ८०।६९ घाटा रहेको निगमले जनाएको छ ।
हेर्नुहोस विज्ञप्तीः