१०२ जना रक्तदाताको सहभागीतामा निगममा रक्तदान कार्यक्रम सम्पन्न

0
504

अत्यावश्यकीय पेटोलियम पदार्थको कारोबार गर्ने एकमात्र सरकारी संस्था नेपाल आयल निगमले आफ्नो स्थापनाको ४९ वार्षिकोत्सवको पूर्व सन्ध्यामा नेपाल रेडक्रस सोसाइटिको सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निगम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निगमका कमर्चारी लगायत १०२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । निगम यही पौष २६ गतेबाट स्थापनाको ४९औं वर्षमा प्रवेश गर्दैछ ।

इन्धनको झै रगतको समेत थोपा–थोपाको महत्व हुने र रक्तदानले मानिसको जिवन बचाउन ठूलो भुमिका खेल्ने भएको हुँदा रक्तदान एक पुनित कार्य भएकाले स्वस्थ्य र योग्य सबै व्यक्तिको यस कार्यमा सहभागीता आवश्यक भएको निगमका नि. कार्यकारी निर्देशक इ. सुशिल भट्टराईले कार्यक्रममा बताए ।