उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको पहलमा मंगलवार साझ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको निगम र ग्याँस व्यवसायी विचको छलफल पश्चात ३ बुदे समझदारीका विच एल.पि. ग्याँस उद्योग संघको आन्दोलनका कार्यक्रम स्थगन भएको छ ।
उद्योगीले प्राप्त गर्ने कमिशनमा वृद्धी, नेपाल नम्वरका ग्याँस बुलेटको संचालन लगायतका विभिन्न माग राख्दै एल.पि. ग्याँस उद्योगीहरुको एल.पि. ग्याँसको पि.डि.ओ. खरिद नगरी आन्दोलनको तयारी गरेपछि बजारमा केहीदिन देखी एल.पि. ग्याँसको उपलब्धता असहज देखिएको थियो । विभिन्न चरणमा छलफल तथा वार्ताको प्रयास भएता पनि कुनै निष्कर्शमा पुग्न नसकेपछि मंगलवार मन्त्री यादवको विशेष पहलमा सहमती भएको हो । सम्झौतामा उल्लेख भए बमोजिम संचालक समितिले २०७५।११।१७मा गठन गरेको समिततले १५ दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्ने, एल.पि. ग्याँस लगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा सम्रग सुधारको मार्गचित्र तय गर्ने विषयमा सहमती भए पछि ग्याँस व्यवसायीहरु आन्दोलनका सबै कार्यक्रम स्थगन गरि पि.डि.ओ. खरिद गरी एल.पि. ग्याँसको विक्री वितरण सुचारु गर्न सहमत भएका हुन ।
हेर्नुहाेस सहमतीपत्रः