त्रिशूली ३ ‘बी’को सेयर प्रधानमन्त्रीसहित सर्वसाधारणलाई वितरण

0
536

त्रिशूली जलविद्युत् कम्पनीले निष्कासन गरेको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीसहित सर्वसाधारणलाई वितरण गरिएको छ । त्रिशूली जलविद्युत् कम्पनीले निष्कासन गरेको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीसहित सर्वसाधारणलाई वितरण गरिएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्र्तगत ३७.६ मेगावाटको त्रिशूली ३ बी आयोजनाको सेयर निष्कासन गरेकोमा प्रधानमन्त्री ओलीसहित १ लाख ५४ हजार ५ सय ५९ जनाले सेयर आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ५० हजार २ सय ६७ जना आवेदकलाई चिठ्ठामार्फत थप १० कित्तासहित ३० कित्ता सेयर परेको छ भने अन्यलाई २० कित्ता परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, २० कित्ता पाउनेमा प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी, राधिका शाक्य र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा सचिव दिनेश घिमिरेलगायत छन् । प्रधानमन्त्री ओलीले १० हजार कित्ताको आवेदन दिएका थिए । कम्पनीले गत चैत ७ गतेबाट सर्वसाधारणका लागि ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेकोमा बढी आवेदन परेको थियो । हाल निष्कासित कुल सेयरको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) का लागि मात्र सेयर माग गरिएको थियो । जनताको जलविद्युत् अन्र्तगत एक खर्ब बराबरको १९ आयोजनाको सेयर जनतालाई दिने घोषणा गरेकोमा नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो पहिलो सेयर निष्कासन गरेको हो ।